नुवाकोट: जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले चालक र सह-चालकलाई ट्राफिक प्रहरीको २ मिनेट कार्यक्रम अन्तर्गत सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ।
विदुर नगरपालिका वडा नम्बर २ विदुर चोकमा नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गरी चालक तथा सह-चालकहरुलाई ट्राफिक प्रहरीको २ मिनेट कार्यक्रम सञ्चालन गरिएको हो।
गत विहिवार सञ्चालन गरिएको उक्त सचेतनामुलक कार्यक्रममा सवारी चालकहरुको हस्ताक्षर समेत लिइएको थियो।