• ९ माघ २०८१, बुधबार

नुवाकोटका ६ जना कैदीको सजाय मिनाहा

नुवाकोटः आठौं संविधान दिवसका अवसरमा नुवाकोटका ६ जना कैदीको कैद सजाय मिनाहा गरिएको छ ।

मन्त्रिपरिषद्को सिफारिस अुनसार राष्ट्रपति विद्यादेवी भण्डारीले कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका संलग्न सूची बमोजिम नुवाकोटका ६ जना कैदीहरूको भुक्तान हुन बाँकी कैद सजाय आजबाट लागू हुने गरी माफीमिनाहा गरेकी हुन् ।

संविधानको धारा २७६, फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर कैदकट्टा नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको राष्ट्रपतिले जनाएको छ ।
देशभर आठौं संविधान दिवसका अवसरमा ६ सय ८१ कैदीको कैद सजाय मिनाहा गरिएको छ ।

त्यस्तै, २१ जनालाई सजाय माफी दिइएको छ । महेन्द्रप्रसाद कानुसमेतका २१ जनालाई कैद सजाय माफी दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्