• २४ मंसिर २०८१, सोमबार

वर्तमान सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताविरोधी : स्वतन्त्र उमेदवार कँडेल

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उमेदवार विजय कँडेलले वर्तमान सरकार लोकतन्त्र र प्रेस स्वतन्त्रताविरोधी भएको बताएका छन् ।

काठमाडौंको टुँडिखेलमा सोमबार आयोजित संविधान दिवस समारोहको समाचार संकलनमा सरकारले पत्रकारलाई रोक लगाएपछि कँडेलले विज्ञप्ती जारी गर्दै सरकारको विरोध गरेका हुन् ।

‘संघीय गणतन्त्र’ नेपालको संविधान २०७२ द्वारा नेपाल विधि र संघीय गणतान्त्रिक राज्यको पथमा अघि बढेको सन्दर्भमा सरकारले देखाएको तानाशाही प्रवृत्ति निकै खेदजनक रहेको उनको भनाइ छ ।

‘हजारौं नेपालीहरुको वलिदान, त्याग र तपस्यापछि जारी संविधानमा वाक स्वतन्त्रता र सूचना तथा संचारसम्बन्धी हकलाई मौलिक हकका रुपमा व्यबस्था गरिएको छु, कँडेलले भने, ‘संवैधानिक व्यवस्थाको सरकारबाटै गरिएको उल्लंघन र लोकतन्त्रविरोधी कदमको सबैले घोर निन्दा गर्नुपर्छ ।’

उनले सरकारको गैरसंवैधानिक र अलोकतान्त्रिक कदम तत्काल रोक्न र आमजनतासमक्ष क्षमायाचना गर्न सरकारसँग माग समेत गरेका छन् ।





प्रतिक्रिया दिनुहोस्