• २६ माघ २०७९, बिहीबार

क्यानद्वारा नुवाकोटको लिखुमा सचेतनामुलक कार्यक्रम सम्पन्न

नुवाकोटः नुवाकोटको लिखु गाउँपालिकामा गैर सरकारी संस्था कनेक्ट अल नेपाल क्यान को आयोजनामा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ।

No description available.


उक्त सचेतनामुलक कार्यक्रम लिखु वडा नम्बर १ स्थित ढिकुरेमा रहेको नर्थ स्टार ईङलीस बोर्डीङ स्कुलमा आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरुसँग सामाजिक सञ्जालको दुरुपयोगबाट पर्ने असर, आजको समाजमा बढी मोबाइल फोनको प्रयोगबाट मानिसमा परेको मानसिक तथा सामाजिक असर साथै चेलिबेटी बेचबिखन सम्बन्धि सचेतनात्मक अन्तरकृया गरिएको थियो।

No description available.

उक्त विद्यालयमा विद्यार्थीहरुको चाप भएकाले ३ चरणमा कार्यक्रम सञ्चालन गरिएको संस्थाका सुवास लामिछानेले जानकारी दिए ।

No description available.

उक्त सचेतनामुलक कार्यक्रमका विद्यालयका शिक्षकहरुले समन्वय गरेका थिए।

No description available.




प्रतिक्रिया दिनुहोस्