• २४ पुष २०८१, बुधबार

दाङ प्रहरीले ठुलो मात्रामा चरेससहित २ जना महिला र २ जना पुरुष पक्राउ

दाङ: जिल्ला प्रहरी कार्यालय दाङले बुधबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

प्रहरीले गढवा १ कालाकाटेस्थित पूर्वपश्चिम राजमार्गमा लागु औषध कारोबार गरिरहेको बेला कपिलवस्तु नगरपालिका १० जगदीशपुरका २५ बर्षे हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका ११ निवासी १८ बर्षे मोहबद खाँनलाई मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी एसपी वीर बहादुर ओलीले जानकारी दिनुभयो ।

No description available.

एसपी वलीका अनुसार लागुऔषध ओसारपसारमा प्रयोग गरेका लु.६८ प. १६६६ र लु. ५५ प . ६८३७ नम्बरका मोटरसाइकल पनि बरामद गरेको दाङ प्रहरीले जनाएको छ ।

अर्को फेरि दाङ प्रहरीले लमही ९ अमिलियाबाट घोराही १३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरापलिका ६ कोटगाउँ घर भइ हाल घोराही १३ सेवार बस्ने ३८ बर्षकी खुशी पुन मगर भनिने एकता पुन मगरलाई चरेशसहित पक्राउ गरिएको दाङ प्रहरीले जनाएको छ ।

No description available.

चारै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको दाङ प्रहरी प्रमुख एसपी वलीले बताए ।

No description available.




प्रतिक्रिया दिनुहोस्