• २१ मंसिर २०८१, शुक्रबार

टुकुचा उत्खननको बिषयलाई लिएर उच्च अदालतप्रति मेयर बालेनको व्यंग्य

काठमाडौं : महानगरका मेयर बालेन शाहले उच्च अदालतप्रति व्यंग्य गरेका छन्।

टुकुचा खोलालाई उत्खनन गर्ने क्रममा उच्च अदालतले कारण देखाऊ आदेश जारी गरेपछि उनले अदालतलाई व्यंग्य गरेका हुन्।

उनले भनेका छन्, ‘फेरि पनि नदीमा अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ, अदालतले टुकुचा (इच्छुमती) नदीलाई खोला भन्न सक्दैन भने, नेपाललाई कसरी नेपाल देश भनेर प्रमाणित गर्नु हुन्छ ?’





प्रतिक्रिया दिनुहोस्