• ११ चैत्र २०७९, शनिबार

गायत्री दाहालको नुवाकोट क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारी घोषणा

नुवाकोट: “कृषि क्षेत्रमा सुधार र युवाहरूलाई स्वरोजगार” का लागि राज्य स्तरमा नितिगत बहस हुन जरुरी छ भन्दै विगत लामो समयदेखि आवाज उठाई रहनु भएको नुवाकोटकी साहसी महिला गायत्री दाहालले प्रतिनिधि सभा क्षेत्र नं. २ बाट आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ ।

उनी नुवाकोटको सामाजिक एवम् राजनीतिक अभियान्ता समेत रहनुभएको छ ।

किसान र युवाहरुको समस्या सडकमा बोल्दा, अनशन बस्दा समेत कतैबाट सुनुवाइ भएन, अब सदनबाट बोल्नुपर्छ भनेर नुवाकोट बासीसँग सदनमा यस मुद्दामा जोडदार आवाज उठाउने अनुमति माग्न आफुले उम्मेदवारी दिएको गायत्री दाहालले बताउनुभयो ।





प्रतिक्रिया दिनुहोस्