• ६ चैत्र २०८१, बिहीबार

इमेज खबर साप्ताहिकमा प्रकाशित भत्ता वितरण सम्बन्धि समाचार झुटो, प्रमाणित गर्न वडाको चुनौती


नुवाकोट: नुवाकोटको विदुर नगरपालिकाका वडा नं. १३ मा
वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्ताको समाचारमा उल्लेखित तथ्यहरु गलत भएको भन्दै विदुर नगरपालिका वडा नं. १३ को कार्यालयले विज्ञप्ती जारी गरेको छ ।

नुवाकोटबाट प्रकाशन हुने गरेको इमेज खबर साप्ताहिकको समाचारमा औल्याएका तथ्यहरु, उल्लेख गरेको जानकारी गलत भएको भन्दै विदुर नगरपालिका-१३ को वडाध्यक्ष
भरतबहादुर तामाङले सोमबार उक्त “भ्रामक समाचारको खण्डन गरिएको भन्दै” जारी गरेको विज्ञप्ती अनुसार समाचारमा गलत तथ्य उल्लेख जानकारी गलत भएको भन्दै विदुर नगरपालिका–१३ को वडाध्यक्ष भरतबहादुर तामाङले सोमबार उक्त “भ्रामक समाचारको खण्डन गरिएको भन्दै” जारी गरेको विज्ञप्ती अनुसार समाचारमा गलत तथ्य उल्लेख गरिएको र विषयवस्तुलाई बङ्याइएको भनिएको छ ।

वडा नं १३ को भत्ता वितरणको लागी केही वर्षअघि प्रभु बैंकलाई तोकेपनि उसले जिम्मेवार भएर काम नगरेपछि गएको वर्ष आईसिएफसी फाइनान्सलाई तोकिएको थियो ।

उक्त आईसिएफसी फाइनान्सले पनि राम्रोसंग काम नगरेपछि विकल्पमा बैकहरुको खोजीको क्रममा आवश्यकताको आधारमा वडामा नै पुगेर काम गर्न साझेदारी जनाएर तयार भएको लुम्बिनी विकास बैंकलाई जिम्मेवारी दिइएको स्पष्ट बनाइएको छ ।

यसैगरी, उक्त बैंकलाई जिम्मेवारी दिएको विषयमा नगरप्रमुख राजन श्रेष्ठ र १३ नं. वडाध्यक्ष भरत तामाङलाई लाञ्छना लगाइएको र चरित्रहत्या गर्ने काम भएको भन्दै त्यसको प्रमाणसहित खण्डन गरिएको विज्ञप्ती वडा कार्यालयले जारी गरेको छ ।

यसअघि सोमबार नै विदुर नगरपालिकाले पनि भत्ता विरतणका सम्बन्धमा आएका तथा फैलाएका गलत सन्देशको स्पष्ट बनाइसकेको थियो ।

यसैबीच, उक्त पत्रिकाको समाचारमा भनिएको जस्तो नयाँ जिम्मेवारी पाएको बैंकले काम नै नगरेको भन्ने सन्देश गलत रहेको भन्दै बैंकले वडा कार्यालयदेखि लाभग्राहीको घरघरमा नै पुगेर खाता खोल्ने काम अन्तिम चरणमा पुगेको तथ्याङ्क सहित जानकारी गराएको छ ।

यस्तै, दशैपर्व अघि नै भत्ता उपलब्ध गराउन बैंकले काम गरिएको समयमा आएका सामाचार तथा सन्देशहरु गलत भएको भन्दै विदुर १३ ले विज्ञप्ति जारी गरेको छ।





प्रतिक्रिया दिनुहोस्