काठमाडौंः निकै खतरनाक शैलीले डेंगी फैलदासमेत सरकार भने मौन देखिएको छ । तीन तहका सरकारले कुनै विशेष कदम चालेका छैनन् ।
तर सरकार मौन रहँदा जाग्यो नेपाल अभियानले डेंगी नियन्त्रणका लागि लामखुट्टे खोज र नष्ट गर अभियान चलाएको छ । काठमाडौंको विभिन्न स्थानमा जाग्यो नेपालले घरदैलो अभियान गरेको छ ।
उपत्यकामा बढेको डेंगी नियन्त्रणका लागि सामाजिक संस्था जाग्यो नेपालले डेंगी नियन्त्रण महाअभियान सुरु गरेको छ। संस्थाले शनिबार बिहान ८ बजे देशव्यापी डेंगी नियन्त्रण महाअभियान सुरु गरेको हो ।
जाग्यो नेपालले डेंगी उन्मूलन गर्ने महाअभियान कार्यक्रम शनिबार काठमाडौंको वालुवाटारबाट सुरु गरेको हो ।
कार्यक्रममा्, विभिन्न संघ संस्था, स्थानीय, कर्पोरेट हाउस, सामाजिक अभियन्ता, सञ्चारकर्मी लगायतको बाक्लो उपस्थिति रहेको थियो ।
पछिल्लो समय देशव्यापी रुपमा फैलिरहेको डेंगी महामारीबाट बच्नको लागि सरकारी निकाय समेत मौन बसिरहेका बेला जाग्यो नेपाल अभियानका संयोजक विजय कँडेल भने डेंगी रोग विरुद्धको महाअभियानमा लागिरहेका छन् ।