काठमाडौं : महिला प्रहरीमाथि जबर्जस्ती करणी गरेको उजुरी परेपछि इलाका प्रहरी कार्यालय खानीखोलाका प्रमुख प्रहरी निरीक्षक अपूर्व ढुंगाना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक स्याम बहादुर खत्रीका अनुसार पक्राउ परेका प्रहरी निरीक्षक अपुर्व ढुंगानाले शनिबार बिहान सवा एक बजेको समयमा ती महिला प्रहरीलाई ब्यारेकमै गइ जवरजस्ती करणीको प्रयास गरेका थिए ।
आरोपित प्रहरी निरीक्षक ढुंगानाले जवरजस्ती करणी गर्ने मनाशयका साथ रातीको समयमा ती महिलाको ब्यारेकमा गएर दुब्यवहार गरेका रहेछन् ।
उनले भने, घट्नाको बारेमा बिहान सात बजे रिपोर्ट गराइसकेपछि उनलाई पेश बोलाएको खत्रीले बताए । लगत्तै अनुसन्धानका लागी प्रहरीले उनलाई नियन्त्रणमा लिइएको छ । पीडित भनिएकी महिला प्रहरीले आरोपित प्रहरी निरीक्षकविरुद्ध जवरजस्ती करणीको उद्योगमा जाहेरी दिइसकेका छन् । जाहेरीसंगै निरीक्षक ढुंगानाविरुद्ध जवरजस्ती करणीको उद्योगमा मुद्दा दर्ता गरी थप अनुसन्धान गर्ने कार्य भईरहेको समेत नायब उपरीक्षक खत्रीले बताए ।
पक्राउ परेका उनलाई अहिले जिल्ला प्रहरी कार्यालय धादिङले आफ्नो हिरासतमा राखी थप अनुसन्धान गर्ने कार्य गरिरहेको छ ।
यो समाचार नुवाकोट जागरणमा प्रकाशित छ ।