• ९ माघ २०८१, बुधबार

सडकसहित कृषि, स्वास्थ्य, शिक्षा बेलकोटगढीको प्राथमिकता : उपमेयर दाहाल

नुवाकोटका दुई नगरपालिकामध्येका बेलकोटगढी नगरपालिकामा ३९ हजार ८ सय ८८ जनसंख्या छ  । ती नागरिकलाई सेवा सुविधा उपलब्ध गराउन जनप्रतिनिधिहरु लागिरहेका छन् । नगरपालिका भए पनि भूगोलको आधारमा विकट हो बेलकोटगढी । अप्ठ्याराका बीच जनप्रतिनिधिहरु ‘समृद्व बेलकोटगढीको आधार, कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन सहितको पूर्वाधार’ नारालाई साकार पार्न खटिइरहेका छन् । स्थानीय सरकार नगरको विकासका लागि कसरी अगाडि बढिरहेको छ ? मुख्य योजना, लक्ष्य, सुशासनजस्ता विषयकेन्द्रित रहेर उपमेयर शिवप्रसाद दाहालसँग ग्लोबल मिडियाका लागि अन्जु तामाङ गर्नुभएको कुराकानीका सम्पादित अंश : 
 
बेलकोटगढी नगरपालिकको उपमेयर बन्नुभएको ४ महिना पुगेको छ, कस्तो अनुभव भइरहेको छ ? 
निर्वाचित हुनुभन्दा अगाडि एउटा राजनीतिक दलको कार्यकर्ता भएर स्थानीय सरकारलाई मूल्यांकन गर्दा र आफू जनप्रतिनिधि भएर स्थानीय सरकारको प्रतिनिधित्व गर्दै गर्दा केही तात्विक भिन्नताहरु त पक्कै हुने रहेछन् । जिम्मेवारी वहन भइसकेपछि जनताको स्तरोन्नतिका लागि जे जस्ता क्रियाकलाप हामीले गर्नुपर्छ र गरेर अगाडि बढ्नु पर्छ भन्ने भावना लिएर निर्वाचनमा प्रतिनिधित्व गरेका थियौं । 

जनताको अभिमतद्वारा निर्वाचित भइसकेपछि उहाँहरुको इच्छा, चाहानाअनुसार पूर्णरुपमा काम गर्न हाम्रो भौगोलिक अवस्था, धरातलले कति कुरामा अप्ठ्यारो बनाएको छ । तैपनि उत्साहका साथ जनताको सहयोगमा नगरको भौतिकदेखि स्वास्थ्य, शिक्षा, कृषिको स्तरोन्नतिको लागि अनवरतरुपमा लागिरहेका छौं । केही जिम्मेवारीबोध पक्कै भएको छ ।

यो समाचार Globel media मा प्रकाशित छ ।





प्रतिक्रिया दिनुहोस्