काठमाडौं : काठमाडौं महानगरपालिका-३ महाराजगञ्जस्थित सडकमा बा.४२ प ३३१४ नम्बरको स्कुटर आफै अनियन्त्रित भई बिहीबार बिहान दुर्घटना हुँदा स्कुटर चालक नुवाकोट शिवपुरी गाउँपालिका-४ घर भई काठमाडौं महानगरपालिका-३ महाराजगञ्ज खाडीपाखा बस्ने २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका स्कुटरमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ।