• २५ भाद्र २०८१, मंगलवार

बुढानीलकण्ठ-शिवपुरी-बिष्णुद्वार पदयात्राको उत्कृष्ट गन्तव्य हो : स्वतन्त्र उम्मेदवार कँडेल

काठमाडौं : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका विजय कँडेलले बुढानीलकण्ठ-शिवपुरी-बिष्णुद्वार पदयात्राको उत्कृष्ट गन्तव्य भएको बताएका छन् ।

कँडेलले शुक्रबार मतदाताहरुसँगको अन्र्तक्रिया कार्यक्रममा बोल्दै बुढानीलकण्ठ शिवपुरी-बिष्णुद्वार-पदयात्राको गन्तव्य पुरानै भएता पनि हाल यसको चर्चा दिनप्रतिदिन बढ्दो रहेको बताएका छन् ।

विष्णुमती नदीको उद्गमस्थल रहेको विष्णु द्वारसँग हिन्दुहरुको धार्मिक महत्त्व रहेको छ ।

वैशाख १ गते बागद्वारमा स्नान गरेर आउने भक्तजन विष्णुद्वारमा आएर फेरी स्नान तथा पूजा अर्चना गरेर सपनतीर्थ ओर्लिने पुरानो धार्मिक परम्परा रहेको छ ।

आजभोलि बिदाका दिनमा विष्णुद्वारसम्म हाइकिङ गर्ने वा पदयात्रा गर्नेहरूको लर्को पनि धेरै नै बढेको छ ।

विशेष गरी विष्णुद्वारको भित्री जङ्गली दृश्य, झरना, ढुङ्गाहरूबिच लुकामारी खेल्दै बग्ने पानीमा रम्न कै लागि भनेर टाढा टाढा देखि आगन्तुकहरू आउने गरेका छन्।

बाग द्वार , बिष्णुद्वारसंगै राष्ट्रिय निकुञ्ज हुँदै नागी गुम्बा , शिवपुरी ,चिसापानी , सुन्दरीजल मुलखर्क , तारेभिर , देउराली जामाचो ,लगायतका स्थानमा पुग्न सकिने कँडेलले बताए ।





प्रतिक्रिया दिनुहोस्