नुवाकोट : रसुवामा कांग्रेसका मोहन आचार्यले प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवारी मनोनयन गराएका छन्। कांग्रेसले रसुवामा कांग्रेस केन्द्रिय सदस्य एंव निर्वतमान सांसद ईन्जिनियर मोहन आचार्यलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा प्रदेश सभामा भने क्षेत्र क मा नेपाली कांग्रेसका नेता एंव निर्वतमान प्रदेश सांसद प्रभात लामाले टिकट पाएका छन्। भने प्रदेश सभा क्षेत्र ख का लागि गठबन्धनका तर्फबाट नेकपा माओबादी केन्द्रका इन्द्र गौतम जगतजङ ले उम्मेदवारी दिएका छन् ।
हिमाली जिल्ला रसुवामा ३९ हजार ४ सय ५९ कूल मतदाता रहेका छन्। जसमा १९ हजार ३ सय ४० महिला मतदाता छन् भने २० हजार १सय १८ पुरुष मतदाता रहेका छन्।