• २४ पुष २०८१, बुधबार

नुवाकोट-१ मा गठबन्धनबाट हितबहादुर तामाङको उम्मेदवारी दर्ता

नुवाकोट: प्रतिनिधिसभा नुवाकोट निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य हितबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र १ को कार्यालय खरानीटार पुगी तामाङले आइतबार दिउँसो वाम-लोकतान्त्रिक गठबन्धनबाट क्षेत्र नम्बर १ मा उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका हुन् ।

तामाङ २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रत्यक्षतर्फ निर्वाचित भएका थिए ।

यस्तै प्रदेशतर्फ १ (क) मा माओवादी केन्द्रकी केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा निवर्तमान उपसभामुख राधिका तामाङ र १ (ख) नेपाल कांग्रेसका नुवाकोट जिल्ला सभापति रमेशकुमार महतको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशसभा उम्मेदवार तामाङ यसअघि पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।





प्रतिक्रिया दिनुहोस्