• २ फाल्गुन २०८१, शुक्रबार

सक्षम युवालाई मत दिन कँडेलको अपिल

काठमाडौं । प्रतिनिधिसभाका लागि काठमाडौं क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका विजय कँडेलले सक्षम युवालाई भोट दिन मतदातासमक्ष अपिल गरेका छन् ।

आइतबार उम्मेदवारी मनोनयनपछि सामाजिक सञ्जालमार्फत् एक भिडियो सार्वजनिक गर्दै कँडेलले काठमाडौं क्षेत्र नम्बर ५ का मतदातासमक्ष यस्तो आग्रह गरेका हुन् ।

विभिन्न सामाजिक गतिविधि र व्यापार व्यवसायमा आफ्नो प्रभुत्व जमाएका कँडेलले हाइजेनिक मिट सेन्टर, समाधान सेवा नेपाल, एचएम्सी फुड्स, हाइजेनिक एग्रो टुरिजम फार्म लगायतका व्यवसाय सञ्चालन गर्दै आएका छन ।

त्यसका साथै, कँडेल काठमाडौंलाई धुलोरहित बनाउन सुरु गरिएको ‘जाग्यो नेपाल’ अभियानका नेतृत्वकर्ता हुन् ।





प्रतिक्रिया दिनुहोस्