• २४ मंसिर २०८१, सोमबार

हाम्रो नेपाली पार्टीका उम्मेदवार सिते बाले आचार संहिता उल्लंघन गरे : निर्वाचन अधिकृत पुलामी

३ वटा उजुरी दर्ता


काठमाडौं: हाम्रो नेपाली पार्टी ‘लौरो चिन्ह’ बाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका मधु सुदन पाठक सिते बाले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्।

साथै पाठकका विरुद्द काठमाडौं क्षेत्र नम्बर ५ का स्थानियले उजुरी समेत दर्ता गराएका छन्। पाठकका विरुद्ध स्वतन्त्र उम्मेदवार विजय कँडेल सहित ३ जनाले उजुरी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यलयले बताएको छ।

हाम्रो नेपाली पार्टीका उम्मेदवार पाठकले आफू स्वतन्त्र भएको भन्दै जनतामा भ्रम सिर्जना गर्दै आएका छन्।

हाम्रो नेपाली पार्टीका उम्मेदवार मधु सुदन पाठक सिते बाले आफू स्वतन्त्र उम्मेदवार भनि जनतामा भ्रम छरी निर्वाचन आचारसंहिता उल्लंघन र आयोगको निर्देशनको अवज्ञा गरेको भन्दै काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले निर्वाचन अधिकृतको कार्यलयमा उजुरी दर्ता गरेको काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत ऋत बहादुर पुलामीले बताए।

तस्तै, काठमाडौं क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले हाम्रो नेपाली पार्टीका उम्मेदवार पाठकले निर्वाचन आयोगको निर्देशनलाई वेवास्ता गरेको सोमबार निर्वाचन अधिकृतको कार्यलयमा पुगेर उजुरी दर्ता गरेको बताएका छन्।

निर्वाचन आयोगमा दर्ता भएको हाम्रो नेपाली पार्टीको चुनाव चिन्ह ‘लौरो’ का उम्मेदवारहरूले चुनाव प्रचारप्रसारका क्रममा स्वतन्त्र उम्मेदवार भनि भ्रम छरेको प्रति प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं. ५ को स्वतन्त्र उम्मेदवार विजय कँडेल र प्रतिनिधिसभा काठमाडौं क्षेत्र नं. ९ का स्वतन्त्र उम्मेदवार सुनिल रिजालले गत असोज २ गते निर्वाचन आयोगमा चुनाव चिन्ह प्रष्ट पारीदिन उजुरी दर्ता गरेका थिए।

निर्वाचन आयोगले गत असोज ६ र ७ मा निर्वाचन चिन्हको भ्रम सिर्जना नगर्न मधु सुदन पाठक सिते बासहित हाम्रो नेपाली पार्टीलाई तीन दिने स्पष्टीकरण सोध्दै आगामी दिनमा यस्ता गतिविधि नगर्न भनेको थियो।





प्रतिक्रिया दिनुहोस्