• ९ माघ २०८१, बुधबार

काठमाडौं-५ का स्वतन्त्र उम्मेदवार कँडेलले तलब,भत्ता तथा सेवा सुविधा नलिने

काठमाडौं । आगामी मंसिर महिनामा हुने प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं क्षेत्र नं.५ का स्वतन्त्र उम्मेदवार विजय कँडेलले आफूले निर्वाचन जितेमा तलब भत्ता नलिने बताएका छन् ।

काठमाडौं क्षेत्र नं. ५ मा स्वतन्त्रबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका कँलेलले जनताले आफूलाई निर्वाचित गराएको खण्डमा कोष खडा गरेर तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रका गरिब तथा बिपन्न परिवारका विद्यार्थीहरुको लागि खर्च गर्ने घोषणा गरेका छन् ।

निर्वाचनको लागि टोखा नगरपालिका वडा नं. २ मा मतदाता सँग भेट गर्ने क्रममा कँडेले आफूलाई निर्वाचित गराएको खण्डमा तलब भत्ता गरिब तथा बिपन्न परिवारलाई सहयोग गर्ने र अशक्त, अपांग, बिपन्न बालबालिकालाई शिक्षा प्रदान गर्न तलब भत्ता खर्च सार्वजनिक गरेका छन्।

काठमाडौंको क्षेत्र नं. ५ बाट नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल र नेपाली काँग्रेसका नेता प्रदिप पौडेल लगायतका राजनीतिक दलका नेताहरुले पनि उम्मेदवारी दिएका छन् । काठमाडौं क्षेत्र नम्बर ५ मा ३० जना प्रतिनिधि सभा सदस्य उम्मेदवारहरु मध्ये कँडेल बलियो उम्मेदवार हुन् ।

आफू निर्वाचित भएमा तलब, भत्ता तथा सेवा नलिने घोषणा गर्दै उनले भने, ‘जनताको गाँस काटेर जम्मा गरिएको करको रकमबाट जनप्रतिनिधिको हैसियतले राज्यकोषबाट तलब,भत्ता लगायतका कुनै पनि सेवा नलिने कबुल गर्दछु । कँडेलले भने, त्यस्तो सुविधा अरू जनप्रतिनिधिले पनि लिन नहुने कुरामा निरन्तर खबरदारी गरिने छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ का स्वतन्त्र उम्मेदवार विजय कँडेललाई यसअघि नै निर्वाचन आयोगले चप्पल चुनाव चिन्ह प्रदान गरिसकेको छ ।

यस्ता छन् स्वतन्त्र उम्मेदवार कँडेलका संकलपहरुः
-भ्रष्ट्रचार गर्दिन र गर्न दिन्नँ ।
-तलबबाहेका कुनै पनि सेवा सुविधा र भत्ता लिन्नँ ।
-राष्ट्र र राष्ट्रियताविरुद्ध हुने कुनै पनि कार्य गर्दिनँ ।
-जनता र मतदाताको हित विपरित हुने गरी कुनै पनि कार्य गर्दिन र गर्न दिन्नँ ।
-कानुनको पूर्ण पालना गरि आफ्नो पदीय जिम्मेवारी वहन गर्छु ।





प्रतिक्रिया दिनुहोस्