• २९ माघ २०८१, मंगलवार

नुवाकोट-२ मा गठबन्धन दलको चुनाव परिचालन समिति केन्द्रीय प्रतिनिधिमा दिल बहादुर तामाङ्ग (घिसिङ)

नुवाकोट। गठबन्धन दलले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि चुनाव परिचालन समिति गठन गरेको छ ।

आसन्न संघीय संसद र प्रदेश सभाको निर्वाचन २०७९ मा नेपाली काँग्रेस लगायत गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउनका लागि नेपाल तरुण दल केन्द्रीय समितिद्वारा दिल बहादुर तामाङ्ग (घिसिङ)लाई नुवाकोट जिल्ला क्षेत्र नं. २ मा केन्द्रीय प्रतिनिधिको रुपमा खटाईएको छ।

नेपाली काँग्रेसका युवा नेता घिसिङलाई नुवाकोट क्षेत्र नम्बर २ को केन्द्रीय प्रतिनिधिमा खटाइएको नेपाल तरुण दल केन्द्रीय अध्यक्ष विद्वान गरुङले जानकारी दिए।

No description available.

तरुण दलका नेता घिसिङ राजनीतिसँगै सामाजिक कार्यहरूमा पनि सक्रिय रहेका छन्।

संघिय निर्वाचन क्षेत्र नम्बर २ मा गठबन्धन दलका तर्फबाट बनेका उम्मेद्धवारहरुलाई निर्वाचित गराउन निर्वाचन परिचालन कमिटिका केन्द्रीय प्रतिनिधि गुरुङले काम गर्ने छन्।

No description available.




प्रतिक्रिया दिनुहोस्