काठमाडौं । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले स्थायी सरकार र जनताको न्यायको लागि गठबन्धनको लागि भोट दिन आह्वान गरेका छन् ।
शनिबार नुवाकोट काठमाण्डै सम्पर्क समिती गठबन्धन दलले गरेको कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नं २ बाट उम्मेद्वार बनेका पूर्व मन्त्रीसमेत रहेका नेता केसीले सो कुरा बताएका हुन् ।
अघिल्लो निर्वाचनमा वाम गठबन्धनलाई दुई तिहाई नजिकको मत दिए पनि दुई दुई पटक संसद बिघटन गरेको र प्रतिपक्षमा पुग्दा संसदमा काम गर्न नदिएको समेत बताए।
आन्तरिक द्वन्दको कारण दुई तिहाइको नजिकको प्रधानमन्त्रीले सरकार गर्न नसक्ने।´ उनले भने,जुन दिन प्रतिपक्ष्यमा पुग्यो त्यो दिन संसद चल्न नदिने अनि किन एमालेलाई भोट दिने ?´
त्यसैगरी आफूहरुले सबै बिचारलाई मिलाएर एक बनाउनका लागि गठबन्धन गरेको नेता केसीले बताए।
`हामी किन अहिले गठबन्धनमा छौ? भिन्न भिन्न बिचार लिएर हामी एक भएका छौ* । हामीले प्राप्त गरेको संविधान जोगाउनको लागि गठबन्धम गरेको हो ।´ उनले भने।
२०६२-०६३ सालदेखि जब गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचन्डले हात मिलाएर हस्ताक्षर गरेपछी नै गठबन्धन गरेको स्मरण गराए।
लोकतन्त्रबादीहरुको मुख्य उत्वस नै निर्वचन भएको बताउँदै मनमा भएका सबै मैलोहरुलाई हटाएर निर्वाचनलाई सफल बनाउनेतिर लाग्नु पर्नेमा जोड दिए।
लोकतन्त्रबादीहरुको लागि निर्वाचन नै सबैभन्दा ठूलो उत्सब हो।´ उनले भने,हाम्रा मनभित्र भएका सबै धमिलोहरुलाई हटाउदै निर्वाचनलाई सफल बनाउनी पर्दछ।´
नेता केसीले आगामी निर्वाचन मार्फत सबै वर्ग लिङ्ग जातजातिहरुको प्रतिनिधित्व गर्ने गरि काम गर्नेमा विश्वास ब्यक्त गरे।
संसद नै जनताको आवाज बोल्ने संस्था भएको बताउदै त्यसलाई हत्याउने काम गर्नेगरुलाई आगामी निर्वाचन मार्फत जनताले देखाउने बताए।
क्कनुवाकोटको दुबै क्षेत्रबाट गठबन्धनका उम्मेद्वारहरुले जितेमा जनमतको कदर गर्दै शिर निहुरिने काम नगर्ने प्रतिवद्दता समेत गरे।