• २६ कार्तिक २०८१, सोमबार

नुवाकोटमा पूर्ण रूपमा अवैध नदिजन्य उत्खनन रोक्न सफल चौधरी असोज महिनाको उत्कृष्ट प्रहरी


नुवाकोट। नुवाकोटमा विगत लामो समयदेखि भइरहेको अवैध नदिजन्य उत्खनन रोक्न सफल भएका प्रहरी नायव निरक्षक दिपेन्द्र नारायण चौधरी असोज महिनाको उत्कृष्ट प्रहरी सफल भएका छन्।

ईलाका प्रहरी कार्यालय चोगते नुवाकोट दरबन्दी भई प्रहरी चौकी तारुका नुवाकोटमा कार्यरत प्र.ना.नि. दिपेन्द्र नारायण चौधरी (कम्प्युटर कोड ३०८२२७ र संकेत नं.C-00053296) ले आफूलाई दिईएको जिम्मेवारी आत्मसाथ गर्दै अवैध नदिजन्य पदार्थको दोहन कार्य नियन्त्रण गर्न स्थानीय पालिकाहरुसंग समन्वय गरी महत्वपुर्ण भूमिका निर्वाह गरेको, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरुप विभिन्न जनचेतनामुलक कार्यक्रम संचालनमा प्रभावकारी भूमिका निर्वाह गरेको, चाडपर्वहरुमा हुन सक्ने सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीसंग समन्वय गरी आकस्मिक चेकजाँच, सवारी ईन्ट्री अभिलेख दुरुस्त राखी सवारी दुर्घटना न्यूनिकरण गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको, आफ्नो वडा एरियामा हुन सक्ने अपराधिक गतिविधिलाई नियन्त्रण गर्न दैनिक गस्ति पट्रोलिङलाई तिव्रता दिई परिचालित हुनुका साथै धादिङ जिल्ला सँगको सिमावाट अपराधिक गतिविधि गरि आउन जान सक्ने स्थानहरुमा नियमित निग्रानी गरी आफ्नो वडा एरियामा शान्ति सुरक्षा कायम राख्न खटिई कुनै किसिमको अप्रिय घटना हुन गर्न नपाउने गरी शान्ति सुरक्षाको व्यवस्थापन मिलाएको हुँदा प्रहरी नायव निरीक्षण चौधरीको कार्यले आम जनमानसमा समेत प्रहरी प्रति सकारात्मक प्रभाव पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै जिल्ला प्रहरी कार्यलय नुवाकोटले चौधरीलाई असोज महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रुपक खड्काले बागमती प्रेसलाई जानकारी दिए।

चौधरीले आफ्नो कर्तव्य पालनामा ईमान्दारिता प्रदर्शन गरेकोले उनको कार्यको उच्च मूल्याङ्कन गर्दै यसको निरन्तरताका साथै अन्य प्रहरी कर्मचारीहरु समेतलाई प्रोत्साहित गर्न चौधरीलाई २०७९ साल ” असोज महिनाको उत्कृष्ट प्रहरी ( BEST POLICE OF THE MONTH) घोषणा गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।





प्रतिक्रिया दिनुहोस्