बिदुर- नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ५ बालकुमारी भगेरिमा धारीलो हतियारको प्रयोगबाट आमाछोरिको हत्या भएको छ।
ज्यान गुमाउनेमा २१ वर्षिया सम्झना खतिवडा र ४ बर्षिया छोरि कृष्टिना खतिवडा रहेको गाउँपालिका अध्यक्ष शङ्कर थापाले जानकारी दिए । प्रहरी घटनास्थल पुगि अनुसन्धान सुरु गरेको छ ।