• २१ माघ २०७९, शनिबार

त्रिशुली अस्पतालको बिकास र बिस्तार मेरो प्रमुख लक्ष्य : नेता केसि

विदुर- नुवाकोटको मात्र नभइ रसुवा तथा धादिङको क्षेत्रिय अस्पतालको रूपमा रहेको त्रिशुली अस्पताललाई अझै बिकास र बिस्तार गर्ने आफ्नो प्रमुख लक्ष्य रहेको प्रतिनिधि सभा नुवाकोट क्षेत्र नम्बर २ का सदस्य अर्जुन नर्सिङ केसिले बताउनु भएको छ।
नेता केसिले आज त्रिशुली अस्पताल निरीक्षण तथा स्वागत कार्यक्रममा उक्त कुरा बताउनु भएको हो।

अस्पताल सन्चालन तथा ब्यबस्थापन समितिको अध्यक्ष राजु पन्डितको सभापतित्वमा सप्पन्न कार्यक्रममा बोल्दै केसिले अस्पतालको बिकास र बिस्तारमा आफुले कुनै कसर बाकी नराख्ने बताउनु भएको छ।आफू पदमा नहुदा पनि आफुले अस्पतालको बिकासमा काम गरेको उल्लेख गर्दै अस्पतालमा जनशक्ति कमि रहेको प्रती लक्ष्यित गर्दै जनशक्तिको अभाव लाई पुर्ती गर्न आफुले मन्त्रालय संग समन्वय गर्ने बताउनु भयो ।
अस्पतालको बिकासमा जनप्रतिनिधिको नाताले आफू लागि पर्ने बताउदै अस्पतालको सेवा सुबिधामा कुनै कमि आउन नदिन निर्देशन समेत दिनु भएको छ।

कार्यक्रममा अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सर्जु श्रेष्ठले अस्पतालको अवस्था बारे जानकारी दिनु भएको थियो।कार्यक्रममा संविधान सदस्य जगदिश्वर नर्सिङ केसि ,काङ्ग्रेस बिदुर नगर सभापति हरिलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।





प्रतिक्रिया दिनुहोस्