• १८ माघ २०७९, बुधबार

पञ्चकन्या गाउँपालिकामा नालीमा डुबेको अवस्थामा एक पुरुष मृत फेला

विदुर- नुवाकोटको कपिलेश्वर पञ्चकन्या गाउँपालिका वडा नंवर ३ (साबिक पञ्चकन्या गाबिस)का एक स्थानीय नालीमा डुबेको अवस्थामा मृत फेला परेका छन् ।

घरभन्दा केही पर खानेपानी धारा नजिकको नालीमा टाउको घोप्टिएको अवस्थामा अन्दाजी ३५ वर्षीय सरोज तामाङ मृत फेला परेको स्थानिय रामबाबु पराजुलीले जानकारी दिए ।

ती पुरुष भवन निर्माणसम्बन्धी मजदुरी गर्दै आएका थिए । शव प्रहरीले पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली पठाएको जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्