विदुर- नेपाल क्रिकेट संघको केन्द्रीय कार्यसमितिको अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतले नुवाकोटको क्रिकेट खेलाडीहरुको क्षमता र प्राप्त गरेका उपलब्धि सहित नुवाकोटमा अन्तराष्ष्ट्रियस्तरको खेल मैदान निर्माण गर्न सहकार्य गर्ने भएको छ ।
कार्यसमितिका पदाधिकारी र विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, उप प्रमुख प्रभा बोगटी बिच विदुर नगरपालिकामा नै उक्त खेल मैदान निर्माण गर्न आवश्यक सहकार्य गर्ने सहमति भएको हो । अब हामी स्टेडियम बनाउनको लागी स्थानीय सरकारको तर्फबाट जग्गाको खोजी, प्राप्तीको लागी सहजिकरण सहित संरचना निर्माणको लागी आवश्यक समन्वय गरेर अघि बढ्ने नगर प्रमुख श्रेष्ठले बताए।
क्रिकेट सहित सम्पूर्ण खेल क्षेत्रको विकासको लागी विदुर नगरपालिका सदैव सकारात्मक रहने उप प्रमुख बोगटीले बताउनुभयो ।