• ९ माघ २०८१, बुधबार

धादिङमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता सुरु

नुवाकोट- प्रथम पुरस्कार १ लाख १ हजार १११, दोस्रो पुरस्कार ५० हजार ५५५ र तृतिय पुरस्कार २० हजार २२२ रहेको धादिङ जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता धादिङबेसीमा सुरुभएको छ ।

बागमती प्रदेश सरकारका खेलकुद मन्त्री रत्न ढकालले आज एक विशेष समारोहका बीच उद्घाटन गरे सँगै धादिङबेसीमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरुभएको हो । प्रतियोगितामा जिल्लाका ९ वटा टिमले प्रतिपर्धा गर्ने छन् ।

लिग चरणको खेलमा पहिलो खेल भलिबल ट्रेनिङ सेन्टर धादिङ र ज्वालामुखी गाउँपालिका बी बीच भएको थियो जसमा ज्वालामुखी गाउँपालिका बी विजयी भएको थियो । यस्तै दोस्रो खेल गल्छी गाउँपालिका र खनियाबास गाउँपालिका बीच भएको थियो जसमा गल्छीलाई हराउँदै खनियाबास विजेता बन्यो । आजै भएको तेस्रो खेलमा नीलकण्ठ नगरपालिकालाई सिद्धलेक गाउँपालिकाले पराजित गरेको छ ।





प्रतिक्रिया दिनुहोस्