• १८ माघ २०७९, बुधबार

नेकपा(माओबादी केन्द्र) ले टुङ्गो लगायो समानुपातिक सांसद

मङ्सिर चारको चुनाव पस्चात तेस्रो दलको रुपमा स्थापित हुन पुगेको पुस्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको दलले आफुले समानुपातिक तर्फ हात पारेको १४ जना सांसदको नाम आज बसेको पदाधिकारी बैठकबाट टुङ्गो लगाइ निर्वाचन आयोगलाइ बुजाएको छ।

यी हुन माओबादी केन्द्रका समानुपाति सांसद
आदिवासी महिलातर्फबाट दुर्गा राई, मिना तामाङ, उर्मिला माझी पौडेल र छिरिङ ल्यामु लामा तामाङ चयन भएका छन् ।

यस्तै, खस आर्यबाट हितराज पाण्डे चयन भएका छन् महिलाबाट ज्ञानु बस्नेत सुवेदी, विमला सुवेदी, नारायणी
शर्मा र रुपासोसी चौधरी (थारु) चयन भएका छन ।
दलितबाट रणेन्द्र बराली र सुशीला श्रीपाली ठकुरी चयन भएका छन् । मधेशीबाट मिना यादव र उमरावती देवी यादव चयन भएका छन् , भने पिछडिएको क्षेत्रबाट कल्पना मियाँ चयन भएका छन्





प्रतिक्रिया दिनुहोस्