• १८ माघ २०७९, बुधबार

रोनाल्डोकी श्रीमती ले हारको दोषी प्रशिक्षक सान्तोस लाई लगाईन

दोहा– क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिगेजले विश्वकपको क्वाटर फाइनलबाट बाहिरिनुको कारण प्रशिक्षक फेर्नान्डो सान्तोस रहेको बताएकी छिन्। 
कतारमा जारी विश्वकपमा पोर्चुगललाई १–० ले पराजित गर्दै गए राती शनिवार मोरक्को सेमिफाइनल प्रवेश गरेको हो । 
यस खेलमा जर्जिनाले पोर्चुगल बाहिरिनुमा प्रशिक्षक सान्तोस जिम्मेवार रहेको बताइन्। 
उनले रोनाल्डोको फोटोसहित एउटा सन्देश आफ्नो इन्स्टाग्राममा पोस्ट गर्दै लेखेकी छिन्, ‘आज तिम्रो साथी तथा प्रशिक्षकले गलत निर्णय गरे, जुन साथीको प्रसंसा र सम्मानमा तिमीले धेरै शब्द खर्चिएका थियौं।’ 

रोनाल्डोलाई गत मंगलबार स्विट्जरल्याण्डविरूद्धको प्रिक्वाटर फाइनलमा सान्तोसले पहिलो पल्ट सुरुवाती एघारबाट निकालेका थिए।
रोनाल्डोकी प्रेमिकाले आफ्नो प्रेमीलाई सुरुदेखि नै मैदानमा नउतारेर सान्तोसले गल्ती गरेको बताइन्। उनले सान्तोसको प्रशिक्षणप्रति प्रश्न उठाउँदै लेखेकी छिन्, ‘जो यसको योग्य छैन, त्यसका लागि तिमी अडिग हुन सक्दैनौं। जीवनले पाठ सिकाएको छ। आज हामीले हारेका छैनौं, सिकेका छौं।’
३७ वर्षीय रोनाल्डोले दोस्रो हाफमा मैदान प्रवेश गरेपछि १० पल्ट मात्र बल छुने अवसर पाए।
उनले गोलका लागि एउटा राम्रो अवसर प्राप्त गरेका थिए। तर, मोरक्कोका गोलरक्षकले रोकेर रोनाल्डोको सपना अधुरै पर्देका छ्न ।





प्रतिक्रिया दिनुहोस्