• २८ माघ २०८१, सोमबार

नुवाकोटमा ट्राफिक प्रहरीको सक्रियतामा सवारी साधनको यान्त्रिक परिक्षण सुरु

विदुर- नुवाकोटमा ट्राफिक प्रहरीको सक्रियतामा सवारी साधनको यान्त्रिक परिक्षण सुरु भएको छ । आज (आइतवार) बाट सुरु भएको परिक्षण कार्यक्रम ७ दिन सम्म हुने छ ।

बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्नको लागि मेकानिकहरुको सहकार्यमा ट्रक,बस,माईक्रो ,जिपकार ,मोटर साइकल लगाएतको सवारी साधनको यान्त्रिक परिक्षण सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी नुवाकोटका प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक मिलन कुमार सिंहले बागमती प्रेसलाई बताए । उक्त कार्यक्रम ७ दिन सम्म जिल्लाको विभिन्न स्थानमा गरिने उनले बताए ।

एक साताका लागि नुवाकोटमा सञ्चालन हुने उक्त कार्यक्रम निकै नै प्रभावकारी हुने देखिन्छ । सडकमा गुड्ने सवारी साधनको यान्त्रिक अवस्था के कस्तो छ भन्ने जानकारी बिना नै चल्ने सवारीका कारण अधिकांश दुर्घटना हुने गरेको पाईन्छ । त्यस्ता सम्भावित दुर्घटना न्यूनिकरणका लागि यस प्रकारका कार्यक्रम प्रभावकारी हुन्छ । उक्त कार्यमा ट्राफिक प्रमुख सिंह सक्रियताका साथ लागि परेका छन् ।





प्रतिक्रिया दिनुहोस्