• २१ माघ २०७९, शनिबार

नुवाकोट, रसुवा र धादिङ मा एम्बुलेन्स चाहिए १०२ मा कल गर्न सकिने

नुवाकोट- धादिङ अस्पतालको ४६ औं वार्षिक उत्सवको अवसरमा बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री निमा लामाले धादिङ नुवाकोट र रसुवाको लागि एम्बुलेन्स चाहिए १०२ मा डायल सेवा शुभारम्भ गरेका छन् ।

हरेक एम्बुलेन्समा जिपीएस सेवा जडान गरिएको हुन्छ र कुन एम्बुलेन्स कुन क्षेत्रमा रहेको छ थाहा हुन्छ त्यहि अनुसार एम्बुलेन्स पठाउनु पर्ने ठाउँमा पठाउने काम यो १०२ डायल सेवाले गर्ने मन्त्री लामाले बताए ।

धादिङ अस्पतालको ४६ औं वार्षिक उत्सव समारोहका प्रमुख अतिथि समेत रहेका मन्त्री लामाले धादिङ अस्पताललाई अवश्यक सहयोग गर्न वागमती प्रदेश सरकार सदैव तयार रहेको प्रतिवद्धता समेत जनाएका थिए ।

यो १०२ डाईल सेवा निशुल्क हो २४ सैं घण्टा सुचारु हुन्छ धादिङ नुवाकोट र रसुवा ३ जिल्लाका लागि १०२ मा डाईल गरे तत्काल एम्बुलेन्स पठाईने धादिङ अस्पतालका सूचना अधिकारी विक्रम विकले बताए ।





प्रतिक्रिया दिनुहोस्