• २१ माघ २०७९, शनिबार

काभ्रे मा भयो रिर्जभ बस दुर्घटना

काभ्रे जिल्ला को बेथानचोक गाउँ पालिकाबाट बनेपा तिर आइरहेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस बेथानचोक -४ चलाल गणेशस्थानमा करिब बेलुकाको ६:०० बजे तिर दुर्घटना भएको छ , घटनास्थलमा १७ जनाको मृत्युको भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिएका छ्न । उनका अनुसार मृतकको पहिचान अझै भएको छैन ।

घाइतेहरुलाई उपचारका लागी शिर मेमोरियलमा १४ लगिएको र ४ जनालाई त्यहाँ बाट काठमाडौं रिफर गरिएको छ । केही घाइतेको धुलिखेल लगायत अस्पतालमा उपचार भइरहेको छ । जिल्लाको बनेपा नगरपालिका वडा नं ११ बाट ब्रतबन्ध (छेवर)का लागि गाउँपालिकाको वडा नं ५ स्थित च्याल्टी पुगेर फर्किँदै गरेको रिजर्भ बस दुर्घटना भएको हो , गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले जानकारी दिएका छ्न ।





प्रतिक्रिया दिनुहोस्