• १४ बैशाख २०८३, सोमबार

हात्तीछाप’को निर्देशकमा सिमोस सुनुवार

काठमाडौं । नेपाली फिल्म बकस अफिस राम्रो ब्यापार गर्न सफल ‘दुई नम्बरी’ फेम्ड निर्माता किरण नेपालीको आगामी फिल्म ‘हात्तीछाप’लाई सिमोस सुनुवारले निर्देशन गर्ने भएका छन् ।

निर्माण कम्पनी र निर्देशक सुनुवारबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो । निर्माता नेपाली ले भने नेपाली फिल्मको प्राविधिक पक्षमा निकै नै अब्बल मानिएका निर्देशक सुनुवार हुन । सोही कारण उहाँलाई लिएका हौं भनेर बाग्मती प्रेसलाई जानकारी दिएका छन । फागुनदेखि छायांकन तयारी रहेको फिल्मको पटकथा प्रदीप भारद्वाजले लेखेका छ्न भने
सुनुवारलाई यस फिल्ममा महंगो मूल्यमा अनुबन्धित गरिएको समेत निर्माण पक्षले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्