बिदुर – धरान उपमहानगर पाकिका का मेयर हर्क साम्पाङ प्रति गायक शिव परियारले आफ्नो सामाजिक संजाल मा उनले दिएको अभिव्यक्ति प्रती असन्तुष्टि जनाएका छ्न ।
मेयर साम्पाङ ले आफ्नो फेसबुक पेज मा यस्तो देखेका थिए “गुइँठे, काइँला, जन्तरेउ आदि भने जस्तै हो चमारे भन्ने शब्द ! त्यसमा आपत्ति मान्नु पर्ने केही छैन आखिर चमारे भन्ने शब्दले कुनै जात समुदायलाई इङ्कित गरेको होइन फूल बनेर हेरौं ! काँडा बनेर होइन ! ” यस अभिव्यक्ति प्रती गायक परियार ले साम्पाङ को पोस्ट शेयर गर्दै यस्तो लेखेका छ्न “
” हिजोको दिनमा आफूलाई उच्च जातको मसिहा ठानेर जातिय बिभेद गर्नेहरु आज लगभग बिभेदका सम्बन्धमा सकारात्मक बाटोबाट सच्चिने क्रम जारी छ । तर यसै बिचमा आर्थिक सामाजिक रुपमा भर्खरै बामे सर्दै गरेका नयाँ जोगिहरुको अभिव्यक्तिमा संवेदनाहिन रमिता हेर्नु परेको अवस्था छ यो सामाजिक र जातिय सदभाव कायम राख्ने सम्बन्धमा घोर निन्दनिय र खेद जनक हो यस्ता बिषयमा संवेदनशिल हुन आवश्यक छ ।”