नुवाकोट- धादिङको धादिङबेसी स्थित धादिङ अस्पतालको अध्यक्षमा राजाराम रिजाल नियुक्त भएका छन् ।
बागमती प्रदेश सरकारले प्रदेश स्वास्थ्य सेवा अध्यादेशको दफा २६ ख बमोजिम काम कर्तव्य र अधिकार सम्पादन गर्न सोही अध्यादेशको दफा २६ क उपदफा ८ बमोजिम पदावली कायम हुने गरि राजाराम रिजाल आज धादिङ अस्पतालको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नीलकण्ठ नगरपालिका बसाह निवासी रिजाल सामाजिक क्षेत्रमा योगदान गर्दै आएका युवा हुन् ।