समानुपातिकको समेत अन्तिम निर्वाचनको परिणाम आइसकेपछि प्रधानमन्त्री तथा नेपाल कांग्रेसका सभापति शेरबहादुर देउवाले आज शनिबार पहिलोपटक सबै सांसदलाई भेलाको लागि बोलाउनु भएको छ ।
दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको भेलामा नवनिर्वाचित सांसदलाई बधाई आदानप्रदान र संसदीय दलको निर्वाचनलगायतका विषयमा छलफल हुने सांसद रामहरि खतिवडाले जानकारी दिनुभयो ।
यसैबीच, कांग्रेसले पुस पहिलो साता संसदीय दलको नेता चयन गर्ने र पुस ३ गते समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण गरेपछि संसदीय दलको नेता चयन गर्ने कांग्रेसको तयारी रहेको छ ।