• १८ माघ २०७९, बुधबार

रबि लामिछाने किन गए केपि ओलि भेट्न ?

नेकपा एमाले का अध्यक्ष एवम् पुर्व प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेबीच भेटघाट भएको छ ।

लामिछाने शुक्रबार ओली निवास बालकोटमा गएर भेटेका हुन , एमाले अध्यक्ष ओलीले रास्वपा सभापति लामिछानेलाई सरकारमा जाने या नजानेबारे जिज्ञासा राखेका थिए। भेष्टलाई पुष्टि गर्दै रास्वपा महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले भने, ‘समसामियक बिषयमा कुरा भए । एक अर्कालाई बुझ्ने कोशिस भयो ।’

सरकार गठनबारे कुरा उठ्दा ओलीले रविलाई सोधेका थिए, ‘सरकारमा जाने, नजानेबारे के सोच्नुभएको छ ?’

लामिछानेले भने आफूहरुलाई एकल सरकार बनाउने मत प्राप्त नभएकाले आफूले त्यसबारे धेरै नसोचेको बताएका थिए । यद्यपि जसले आफ्ना मुद्दा सम्बोधन गर्छ उसलाई साथ हुनसक्ने संकेत लामिछानेले गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्