५ पुस, विदुर । आज होटेल बसेरामा बसेको बैठक मा नेपाली काङ्ग्रेस का नेता शेखर कोइराला ले सर्व पक्षीय सांसदहरुको बैठकलाई सम्बोधन गर्दै कोइरालाले भने, ‘पुस्तान्तरण सहित पार्टी रूपान्तरणको पक्षमा छु । उनले भने महाधिवेशनमा यही मुद्दासहित प्रतिस्पर्धा गरेका थियौं । म गगन माननीयलाई संसदीय दलको उम्मेदवारको लागि प्रस्ताव गर्दछु ।’ अहिले पार्टी मा महामन्त्रीसमेत रहेका गगन थापाले बोलिरहेका छन् । महामन्त्री समेत रहेका विश्व प्रकाश शर्मा , प्रदीप पौडेल लगाएरले समेत गगन लाई साथ दिएका छ्न ।
आज बिहान होटल एम्बास्डरमा बसेको थापा र कोइराला पक्षको बैठकमा कोइरालाले गगनलाई संसदीय दलको नेताको रुपमा प्रस्ताव गर्ने सहमति जुटेको थियो । साथै अहिले कोइराला र थापा पक्षका सांसदहरुको बैठक होटेल बसेरामा चलिरहेको छ ।
कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको थियो भोलि बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ ।