• १८ माघ २०७९, बुधबार

प्रधानमन्त्री र रास्ट्रपति आलोपालो हुनुपर्छ – गगन थापा

६ पुस, विदुर । नेपाली कांग्रेसको संसदीय दलको नेतामा शेरबहादुर देउवा विजयी भएका छ्न । देउवा ६४ मतका सात दलको नेता निर्वाचित हुँदा थापाले २५ मत पाएका थिए । महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीमा आलोपालोबारे बन्दकोठामा गरिने निर्णय व्यक्तिगत हुने बताएका छन् अब हामिले नै संसदीय दल भित्र नै गहन रुपमा छलफल गरेर मात्र प्रधानमन्त्री पद दिने बताएका छ्न ।

साथै उनले पराजय पश्चात् “म संसदीय दलको नेतामा प्रतिस्पर्धा गरिसके पछाडि म त फेरी संसदीय दलको नेता हुनलाई कोशिस गरिरहेको छु त्यसकारण मेरो प्रयास त्यसकै लागि रहन्छ। यदि नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्दै गर्दाखेरी अरु साथीहरू जानुहुन्छ, बस्नुहुन्छ, काम गर्नुहुन्छ। म नेपाली कांग्रेसको महामन्त्री छु महामन्त्रीको रुपमा काम गर्छु, सांसद हुँ सांसदको रुपमा काम गर्छु र संसदीय दलको नेता नेपाली कांग्रेसले नयाँ पाउनुपर्थ्यो भन्ने मैले ठान्थे, ठानिरहन्छु, त्यसको लागि प्रयत्न गरिरहन्छु। र यसबाहेक सरकारमा जाने र त्यहाँ गएर काम गर्ने कुरा अहिलेका निम्ति यो मैले गर्नु उपयुक्त हुँदैन, म त्यो गर्दिनँ।” भनेर मिडिया समक्ष भनेका छ्न ।





प्रतिक्रिया दिनुहोस्