• २५ माघ २०७९, बुधबार

श्रीमान ले आफ्नै श्रीमतीको गरे हत्या

पर्सामा महिलाको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।  बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका-२७ जसौलीस्थित सडकमा एक महिला मृत फेला परेकी थिइन्। उनी सोही ठाउँकी ३० वर्षीया रिंकु कुमारी हुन्।

उनको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए। 

पक्राउ पर्नेमा मृतक रिंकुका ३४ वर्षीय श्रीमान कुशल दास र देवर २८ वर्षीय भरतलाई पक्राउ गरि अनुसन्धान सुरु गरेको छ
प्रहरीले बिहान सडकमा एक महिला लडिरहेको भन्ने खबर पाएपछि अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट टोली खटाएर घटनास्थल सुरक्षित राखिएको हो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक मनोजकुमार यादवको टोली पनि घटनास्थलमा पुगेर अनुसन्धान गरेका हुम
टाउको किचिएको अवस्थामा शव फेला परेको थियो। त्यसरी शव फेला परेको भन्ने जानकारी जनप्रतिनिधिले प्रहरीलाई दिएका थिए ।

‘त्यहाँ हामीलाई जनप्रतिनिधिले जानकारी दिएका थिए। त्यसपछि टोली खटाएका थियौं,’ डिएसपी गिरीले भने।
सुरूमा घटनास्थल हेर्दा रिंकुलाई गाडीले किचेको जस्तो देखिन्थ्यो। धेरै गाडी नगुड्ने भित्री सडकमा कसले ठक्कर दिएर गयो होला भन्नेबारे पनि चासो प्रहरीको थियो।

उनका श्रीमान कुशललाई सोधपुछ गर्दा पनि गाडीले नै ठक्कर दिएको भन्ने बताइरहेका थिए। तर प्रहरीले शव हेर्दा हातमा करेन्ट लागेको पनि देखेको डिएसपी गिरीले बताए। 

‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो। रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो। पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो। प्लास्टिकको पन्जा पनि देख्यौं,’ उनले भने, ‘शव त शंकास्पद थियो नै। कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं।’ 





प्रतिक्रिया दिनुहोस्