• ६ बैशाख २०८१, बिहीबार

बराह क्षेत्रमा मृतअवस्थामा भेटियो हात्ती

८ पुस २०७९ शुक्रबार विदुर, सुनसरीको बराहक्षेत्र नगरपालिका–२ स्थित कौशिका सामुदायिक वन क्षेत्रमा आज शुक्रबार बिहान एक जंगली हात्ती मरेको अवस्थामा फेला परेको छ । र उक्त हात्ती सब डिभिजन वन कार्यालय नडाहाका रेन्जर लेखनाथ भण्डारीले जानकारी दिएका छ्न । कानमा तीनवटा प्वाल रहेको र ट्याग लागेको अवस्थामा मत्ता मृत फेला परेको उनले बताए ।

वन कार्यालयका कर्मचारी खेमराज हाछेथुले उक्त हात्ती भारतको आसाम हुँदै पूर्वमेची नदी पार गरेर नेपाल छिरेका हुन् वा कोसीटप्पु वन्यजन्तु आरक्षबाट निस्केको हो भन्ने विषयमा एकिन गर्न नसकिएको बनाए । दुर्गन्धित अवस्थामा फेला परेकाले करिब तीन चार दिनअघि नै मरेको हुन सक्ने अनुमान गरिएको छ ।

वन कर्मचारी, प्रहरी, जनप्रतिनिधि र स्थानीयको रोहवरमा मुचुल्का उठाइएको र उक्त हात्तीलाई कोसीटप्पु वन्यजन्तु आरक्षबाट विज्ञ टोली आएपछि मात्र उक्त मत्ता हात्तीको पोस्टमार्टम गर्ने तयारी भइरहेको वन कार्याययले जनाएको छ





प्रतिक्रिया दिनुहोस्