• २४ मंसिर २०८१, सोमबार

चिनको बेइजिङ मा कोरोनाबाट सङ्क्रमण हुने संख्या ह्वात्तै बढ्यो

पुस ९ २०७९ नुवाकोट ,पछिल्लो केहि दिन एताबाट चीनको राजधानी बेइजिङ लगायत ठूला सहरमा कोरोना सङ्क्रमण बढ्दै गएको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि लागू गरेका प्रतिबन्ध हटाइएको दुई हप्तापछि चीनमा पुनः महामारी बढ्न थालेको छ ।

चीनमा कोरोना रोकथामका लागि लागू भएका प्रतिबन्धविरुद्ध प्रदर्शन भएपछि प्रतिबन्ध हटाइएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले पछिल्लो समय चीनका अस्पताल सङ्क्रमितले भरिन थालेको जनाएको हो ।

जाडो याममा श्वासप्रश्वाससम्बन्धी सङ्क्रामक रोगको प्रकोप बढी हुने गरेकाले बेइजिङमा कोभिडको गम्भीर सङ्क्रमण बढ्दै गएको स्वास्थ्य विज्ञले बताएका चिनियाँ समाचार माध्यमहरुले जनाएको छ।

पछिल्ला दिनमा अस्पतालमा दैनिक औसत तीन सय ५० देखि चार सय ज्वरोका बिरामी र पाँच सयको हाराहारीमा आपत्कालीन अवस्थाका बिरामी आउने गरेको समेत चिनियाँ संचार माध्यमले उल्लेख गरेको छ ।





प्रतिक्रिया दिनुहोस्