• १४ बैशाख २०८३, सोमबार

प्रधानमन्त्री को पहिला बन्ने मा विवाद

१० पुस, नुवाकोट । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेता आलोपालोमा प्रधानमन्त्री हुने सहमति जुटेको छ । तर पहिलो चरणमा शेरबहादुर देउवा कि पुष्पकमल दाहाल प्रचण्ड भन्ने अझै पनि टुंगिएको भने छैन । नेताहरुका अनुसार आज आइतबार बिहान बस्ने बैठकले समग्र शक्ति बाँडफाँटबारे सहमति जुटाउनेछ र राष्ट्रपतिले दिएको समयसीमा भित्रै नयाँ सरकार गठनका लागि दाबी रहेको छ।

संविधानको धारा ७६(२) अनुसार दुई वा दुईभन्दा बढी दल मिलेर सरकार गठनका लागि दावी पेश गर्न राष्ट्रपतिले दिएको ७ दिनको समयसीमा आज अपरान्ह ५ बजे सम्म रहेको छ । हिजो अघिल्लो दिन प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुको बैठकमा शक्ति बाँडफाँटबारे खुलेर छलफल भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार गठबन्धनकै सरकार बनाउन तीनवटै दल सहमतिमा आएका थिए ।

प्रधानमन्त्रीमा २/२/१ वर्षको पालो गर्ने पनि सहमति जुटेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले २/२ वर्ष सरकारको नेतृत्व गरेपछि प्रतिनिधिसभाको कार्यकालको बाँकी एक वर्ष एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री हुनेछन् । ‘सुरुमा को प्रधानमन्त्री हुने भन्नेमा देउवा र प्रचण्डको दाबी कायमै छ’, एक नेता भन्छन्, ‘आ–आफ्नो पार्टीमा छलफल गरेर आज बैठक बस्छौं र सहमति जुटाएर आज नै दाबी पेश गर्छौं ।’ भनेर जानकारी दिएका छ्न ।

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा पहिले आफूलाई पालो दिनुपर्ने भन्दै उनले भने । ‘हाम्रो गठबन्धन चुनाव पछाडिको होइन । पुरानै निरन्तरता हो । अहिले म हुँदा संगति हुन्छ, गठबन्धनको भावना पनि कायम हुन्छ,’ उनले देउवालाई भने, ‘अहिले मलाई छाडिदिनुस्, तपाईदेखि तपाईभन्दा तपाईदेखि म हुँदा सहज हुन्छ ।’ भनेर भनेका थिए ।

बैठकमा सहभागी अर्का एक नेताका अनुसार कांग्रेस सभापति देउवाले प्रचण्डको प्रस्तावलाई अस्वीकार गरेनन् । तर पार्टीका नेताहरुले अहिले सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने दबाव दिइरहेको भन्दै उनले भनेका छन्, ‘साथीहरुले मानेका छैनन् । पहिले म हुनुपर्छ भन्ने साथीहरुको कुरा रहेको छ् ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने को पहिले भन्ने विवादलाई ठूलो नबनाउन र आपसमा सहमति खोज्न सुझाएका छन् । आज विहान बस्ने बैठक ले को पहिला प्रधानमन्त्री बन्ने भन्ने टुंगो लगाएसँगै राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र उपसभामुखको बाँडफाँट टुंगो लाग्ने उनेले बताएका छ्न ।





प्रतिक्रिया दिनुहोस्