• ६ चैत्र २०८१, बिहीबार

धार्मिक एवं सांस्कृतिक सम्पदा जगेर्ना गर्न गुरुयोजना सहित फिल्टमा उत्रिए मेयर श्रेष्ठ

पुस १२ विदुर, हाम्रो पुराना धार्मिक एवं सांस्कृतिक सम्पदा को संरक्षण गर्न विदुर नगरपालिका का मेयर राजन श्रेष्ठ यति खेर फिल्ट मा उत्रिएका छ्न ।

उनी अहिले विदुर नगरपालिका वडा नं.२ विशेष गरेर महामण्डल त्यस्तै देवीस्थान, नुवाकोट दरबार क्षेत्र तथा दरबार परिसर लगाएत भैरवीदेवी मन्दिर सहित अन्य प्रसिद्ध मन्दिर आसपासमा रहेका धार्मिक, साँँस्कृतिक तथा ऐतिहासिक सम्पदा, संरचना, स्वयम्भु (बौद्ध–विहार–चैत्य), हिटी (धारा) लगायतको अनुसन्धान तथा विश्लेषण मा जुटेका छ्न ।
मेयर श्रेष्ठ का अनुसार धार्मिक एवं सांस्कृतिक सम्पदा लाई संरक्षण गर्नु हामी सबैको कर्तव्य तथा दायित्व रहेको ले सबैमा आफ्नो वरपर रहेका सम्पदा संरक्षण तथा सरसफाइ गर्न आग्रह गरेका छ्न साथै उनले भने ” अहिले अनुसन्धान तथा विश्लेषण गरिएका सम्पदा को डिपिआर गर्न र गुरुयोजना तथा पुर्ननिर्माण तथ प्रवलीकरण एंव संरक्षण र प्रबद्र्धनको लागी विदुर नगरपालिकाको तर्फबाट अब छिटै काम अगाडि बढ्ने ” बताएका छ्न ।

नगरप्रमुख श्रेष्ठ सहित आइतबार गरिएको अन्तरक्रिया कार्यक्रम मा विभिन्न क्षेत्रको सरोकारवाला महानुभावहरुबाट पुरातत्व विभागका उपमहानिर्देशक रामबहादुर कुंवर सहितको विभागका प्राविधिक तथा योजना शाखासंग सम्बन्धित प्राविधिकहरुलाई समेत जानकारी गराइएको थियो

उक्त विभागले महत्वका आधारमा छनोट गरेर केही योजना छिट्टै कार्यान्वयन गर्ने र सरस्वतीस्थान स्थित स्वयम्भु (बौद्ध–विहार–चैत्य)को डिपिआर तत्कालै सुरु गरिनुका साथै उक्त क्षेत्रको वस्ती विकास लगायत समग्र पक्षको लागी सरोकारवालासंग विभागले अन्तरक्रिया गर्ने बताएका छ्न ।





प्रतिक्रिया दिनुहोस्