
पुस १२, विदुर, हामी सबैले नुवाकोटमा साक्षात देवीको रूपमा पुजित आएको भैरवी देवीको मन्दिर वरपर नुवाकोट दरबार क्षेत्रमा विगत दुई महिनादेखि फ्री वाइफाईको व्यवस्था गरिएको छ ।
विदुर नगरपालिका-२ का अध्यक्ष दीपक कायस्थको विशेष अनुरोधमा इन्टरनेट प्रदायक संस्था वर्डलिंक प्रा.लि.ले वडा नम्बर २ मा रहेको ऐतिहासिक, धार्मिक, पुरातात्विक क्षेत्र भैरवी मन्दिर वरपर पाँच बर्षका लागी नि:शुल्क इन्टरनेट सेवा प्रदान गरेको हो । उक्त सेवा उपलब्ध भएपछि मन्दिर भ्रमण गर्न आउने आगन्तुक हरुले सजिलै मोबाइल चलाउन, टिकटिक बनाउन, फोटो र फेसबुकलगायत सामाजिक सञ्चालनमा सहज भएको बताएका छ्न ।
गत वैशाख मा भएको निर्वाचन मा वडाध्यक्षमा निर्वाचित भएपछि भोजमा खर्च छुट्याएको नगद एक लाख रुपैयाँले भोज नगरी वडाको माथिल्लो क्षेत्र नुवाकोट डाँडावरपर खानेपानी वितरणमा पाइप खरिद गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरेका हुन ।वडाध्यक्षले उपलब्ध गराएको पाइपमा नगरपालिका, जिल्ला पूर्वाधार कार्यालयलगायत सरोकारवाला सङ्घ-संस्थाको सहयोगमा दुई वर्षदेखि अवरुद्ध सिप्लीघान खानेपानी मुहान सञ्चालन गर्न सहज भएको र अहिले सिप्लीघान मुहानदेखि पाइपलाइन ल्याई तीन वटा ट्यांकीमा पानी खसाल्ने काम पनि सुरुवात भैरहेको छ। ।
उक्त ट्यांकीमा जम्मा भएको पानीलाई घरघरमा वितरण गर्ने कार्य वडा कार्यालयले अगाडि बढाइरहेको छ । वडामा रहेको स्वास्थ्य केन्द्रलाई १६ बेडको कोभिड तथा आपत्कालीन अस्पताल निर्माणका लागि टेन्डर प्रक्रियामा समेत उनले निरन्तर लागी परि सहजै समाधान समाधान गर्न लागेका थिए ।