• १४ बैशाख २०८३, सोमबार

नुवाकोट मै पहिलो पटक शल्यक्रिया गरि भैंसीको सुत्केरी गराइयो

पुस १२ विदुर, नुवाकोटको बेलकोटगढी नगरपालिका–१, आरूखर्कका निवासी किसान रामप्रसाद ढकालको ब्याउन नसकेको भैँसीको सोमबार शल्यक्रिया (सिजरिन प्रविधि) विधिद्वारा पहिलो पटक सुत्केरी गराइएको छ । पशुचौपायको शल्यक्रिया गरेर सुत्केरी गराइएको यो पहिलोपटक रेकर्ड रहेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नुवाकोटका पशु चिकित्सक डा. बबलु ठाकुरले बताएका छ्न ।

डा. ठाकुरको नेतृत्वमा रहेको प्राविधिक टोलीले ब्यथा लागेको एक हप्ता सम्म पनि भैंसी ब्याउन नसकी छटपटाएको अबस्थामा भैँसी रहेको र उक्त भैसीको धनिले खबर गरेपछि त्यहाँ पुगेको बताएका छ्न साथै उनको टोलिले सोही गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर शल्यक्रिया गरिएको र उक्त शल्यक्रिया सफल भएको छ ।

उनका अनुसार हुन ” हाम्रो गाउँ घरमा टुंगो पुगेको भैँसी व्यथा लागेको एक सातासम्म पनि ब्याउन नसकेपछि एकमात्र अन्तिम विकल्पको रूपमा रहेको शल्यक्रियामार्फत पेट चिरेर पाडो निकालिएको बताएका छ्न साथै डा ठाकुरले भने, ‘पेटमा नै बच्चा (पाडो) मरेको भएर सुत्केरी हुन नसकेको रहेछ, शल्यक्रियापश्चात माउको स्वास्थ्य राम्रो छ। घाँसपानी खान थालेको छ।’

यसअघिका समयमा सुत्केरी हुन नसकी धेरै पशुचौपाय गुमाउनुपरेको थियो। अब किसानको लागि पशुधनको सुरक्षा र कार्यालयको लागि सेवा प्रवाहमार्फत किसानको विश्वास जित्न मनोबल उच्च भएको समेत उहाँले बताएका छ्न ।

‘दरबन्दी र बजेट कटौतीले नुवाकोट र रसुवा हेर्ने भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको भूमिका बनिरहेको छ ’ उनले भने, ‘दक्ष चिकित्सकको क्षमताले गोठमा नै ‘शल्यक्रिया कक्ष’ बनाएर विभिन्न चुनौतीको बाबजुद पनि सफल शल्यक्रिया भएको र उक्त सफल कार्यले गर्दा केन्द्रलाई उत्साह र किसानका लागि खुसीको मिलेको डा. ठाकुर ले जानकारी दिएका छ्न ।





प्रतिक्रिया दिनुहोस्