पुस १३, नुवाकोट ।प्रदर्शनीमार्गस्थित रत्नराज्य क्याम्पस(आरआर) मा विद्यार्थीबीच खुकुरी हानाहान भएको छ । त्यहीँ प्रत्यक्षदर्शी एक विद्यार्थीका अनुसार कम्तिमा तीनजना घाइते भएको बताएका छ्न ।
स्ववियु निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा छलफल गर्न लाग्दा विवाद भएको थियो । उक्त विवाद हुँदा अनेरास्ववियुका विद्यार्थीबीच आपसमा झडप भएको र एक आपसमा झगडा भएको एक विद्यार्थीले बताएका छ्न ।
घाइते विद्यार्थीलाई काठमाडौं मोडल अस्पतालमा लगिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताएका छ्न
प्रहरीकाले अहिले चारजना विद्यार्थीलाई नियन्त्रणमा लिएको बताएको छ । स्थितिलाई नियन्त्रणमा गर्न क्याम्पसअगाडि एकदम धेरै मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
अनेस्ववियु आरआर प्रारम्भिक कमिटीका अध्यक्ष मदन भण्डारीमाथि खुकुरी प्रहार भएको जनाइएको छ । आरसी लामिछाने र समिक बडाल समूहबीच झडप भएको प्रत्यक्षदर्शीहरूले जानकारी दिएका छ्न ।