• ३ चैत्र २०८१, सोमबार

बन्द रहेको रसुवागढी नाका खुल्यो

पुस १३ नुवाकोट। विगत केही समयबाट कोरोना भाइरसका कारण चिनियाँतर्फको रसुवागढी नाका हिजो देखि सञ्चालनमा आउने भएको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतमा लकडाउन हुँदा बन्द भएको थियो उक्त नाका मङ्गलवार बिहानबाट खुलेको र खुलेसँगै केरुङमा रोकिएको व्यापारीका सामान आयात निर्यात भैरहेको रसुवा भन्सार कार्यालयले जानकारी दिएको छ ।

चीनको तिब्बत क्षेत्रमा कोरोना भाइरस जोखिम बढेको भन्दै गत साउन महिना देखि बन्द भएको थियो ।बन्द नाका हिजोबाट संचालन मा आएको रसुवागढी भन्सार कार्यालयका प्रमुख नारायण भण्डारीले बताएका छ्न ।

हिजो नै सात वटा कन्टेनर चाइनातर्फ गएको र आउने क्रम पनि सुचारु भैसकेको व्यवसायी सुरेश थोक्रोले बताए साथै नेपाली मूर्ति, बस्ने मुडा, नेपाली नरिवलबाट बनेको डबल लगाएत अन्य नेपाली चिजबिजहरु चाइनातर्फ गइरहेको थोक्राले जनाएका छ्न ।





प्रतिक्रिया दिनुहोस्