• २४ पुष २०८१, बुधबार

देउवाको सभापति पदबाट राजीनामा माग

पुष १४, नुवाकोट । कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले सभापति शेरबहादुर देउवाले राजीनामा दिनुपर्ने बताएका छन्।

सभापति देउवाको हठका कारण कांग्रेसले सबै असर गुमाएको भन्दै इज्जतपूर्वक नैतिकताका आधारमा राजीनामा दिनु उपयुक्त रहेको केसीले बताएका छ्न ।

उनले सभापति देउवालाई नत्र भने पार्टीको विशेष महाधिवेशन बोलाएर उनलाई पदमुक्त गर्नुको विकल्प नरहेको समेत बताएका हुन्।

‘पाँचपटक मुलुकको प्रधानमन्त्री भएका व्यक्तिले मुलुक र आफ्नै पार्टीहरूलाई निचोरेर अट्टहास गरिरिहँदा पनि भूलचूक वश यसो भएको हो भनेर क्षमा दिने ठाउँ अब रहेन,’ उनले भने, ‘सभापतिज्यूले या त सभापति पदबाट राजीनामा दिएर इज्जतपूर्वक हट्नुपर्छ। नत्र भने पार्टीको विशेष महाधिवेशन बोलाएर उनलाई पदमुक्त गर्नु जरुरी रहेको र सभापतिको गरिमामय पद कसैको मनपरी गर्ने र पार्टीकै हुर्मत लिने पद कदापि हुन सक्दैन।’ भन्दै केसि को आफ्नो अभिव्यक्ति ब्यक्ति गरेका छ्न ।





प्रतिक्रिया दिनुहोस्