१५ पुस, विदुर । ब्राजिलका महान फुटबल खेलाडी पेलेको निधन भएको छ । मिर्गौला र प्रोस्टेटको समस्याबाट कारण ८२ वर्षको उमेरमा पेलेको निधन भएको हो ।
२१ वर्ष लामो फुटबल करियरमा उनले १३६३ खेलमा प्रतिस्पर्धा गर्दा १ हजार २८१ गोल गरेर विश्व रेकर्ड कायम राखेका थिए । उनी एकमात्र फुटबल खेलाडी हुन् जसले तीन पटक विश्वकप जितेका छन्
१९५८, १९६२ र १९७० मा विश्वकप उपाधि जितेको ब्राजिलको टोलीमा पेले सहभागी थिए । उनी सन् २००० मा फिफा प्लेयर अफ द सेन्चुरीको उपाधिबाट सम्मानित समेत पाएका थिए ।
पेलेको वास्तविक नाम एडसरन एरेन्टस डो नासिमेन्टो हो । उनी १७ वर्षको उमेरमै फुटबल स्टार बनेका होमिएका थिए भने उनले १९५८ मा ब्राजिललाई वर्ल्डकपको उपाधि दिलाएका थिए । क्वाटर फाइनलमा वेल्सविरुद्ध जितका लागि एकमात्र निर्णायक गोल उनैले गरेका थिए । सेमिफाइनलमा फ्रान्सविरुद्ध पेलेले ह्याट्रिक गरे र फाइनलमा स्वीडेनविरुद्ध उनले दुई गोल जितेर विश्वकपको उपाधि दिलाएका थिए ।
उनले फुटबल को व्यावसायिक यात्रा भने १५ वर्षको उमेरमा सेन्टोस क्लबबाट सुरु गरेका हुन डेब्यू खेलमा उनले पहिलो गोल गरेका थिए । त्यसपछि १९ वर्षसम्म उनले त्यसै क्लबबाट खेले र कूल ६४३ गोल गरे । यद्यपि सेन्टोस क्लबले भने क्लबका लागि पेलेले एक हजार भन्दा बढी गोल गरेको दाबी गर्दछ । यसमा मैत्रीपूर्ण खेलको गोल पनि समावेश छ ।
उनको निधनमा विश्वभरबाट शोक व्यक्त भइरहेको छ । कतार वर्ल्ड कपको विजेता अर्जेन्टिनी फुटबलर मेसी, क्रिष्टियानो रोनाल्डो, नेयमार लगायतले अन्य खेलाडीलेले उनको निधनमा शोक व्यक्त गरेका छन् ।