• २१ माघ २०७९, शनिबार

आज देशभर ‘तमु ल्होसार’ पर्व मनाउँदै

पुस १५, नुवाकोट । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन्।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाइने गरिन्छ ।

गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने चलन रहेको छ।

यसपछि क्रमशः तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा सूर्यको ताप आउने भएकाले माघ र फागुनमा यो पर्व मनाइने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको पनि पाइन्छ ।

यसैबीच सरकारले आज सार्वजनिक विदा दिएको छ। पर्वका अबसरमा देशैभरि सार्वजनिक विदा दिइएको गृहमन्त्रालयले जानकारी दिएको छ ।
यता, ‘तमु ल्होसार’का अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री तथा दलका प्रमुखले पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्।





प्रतिक्रिया दिनुहोस्